दफा
प्रतिष्ठानको स्थापना –
(१) चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने काम समेतको लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरिएको छ ।
(२) प्रतिष्ठानको मुख्य कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ ।
(३) प्रतिष्ठानलाई अंग्रेजी भाषामा नेशनल एकेडेमी अफ मेडिकल साईन्सेज भनिनेछ ।